त्यस्तै भारतको न्यू दिल्लीबाट लक्ष्मण दास मदानको प्रधान सम्पादन/प्रकाशन/मुद्रणमा नियमित प्रकाशनमा रहेको "The Baba Ji" -अंग्रेजी मासिक) भविष्यवाणीका दृष्टिकोणले बेजोड रहेको छ । ज्योतिष विज्ञानको सटिक भविष्यवाणी पक्षलाई विशेष प्राथमिकता दिँदै ज्योतिषलाई शतप्रतिशत वैज्ञानिक विषयको रुपमा पुष्टि गर्न प्रयत्नरत यो पत्रिका मासिक अंग्रेजी ज्योतिष पत्रकारिताको फाँटमा महत्वपर्ूण्ा योगदान दिनेमा पर्दछ ।
"The Baba Ji" -अंग्रेजी मासिक) कै सह प्रकाशनमा नियमित रही आएको बाबाजी -हिन्दी मासिक) हिन्दी ज्योतिष पत्रकारिताको फाँटमा त्यत्तिकै महत्वपर्ूण्ा स्थान राख्दछ । राजौरी गार्डेन नई दिल्लीबाट लक्ष्मन दास मदानको प्रधान सम्पादकत्वमा विगत लामो समयदेखि नियमित प्रकाशित "बाबाजी" -ज्योतिष मासिक) व्यक्तिगत समस्या, मासिक राशिफल, वाषिर्क राशिफलदेखि समाज, राष्ट्र, अन्तर्रर्ााट्रय रुपमा महत्वपर्ूण्ा सटिक भविष्यवणी गर्न सफल यो मासिक पत्रिका ज्योतिष विषयको जुनसुकै पक्षमा लागेका व्यक्तिलाई अति नै उपयोगी देखिन्छ । भारत अंग्रेजी तथा हिन्दी ज्योतिष पत्रकारितामा बराबर अगाडि बढी रहेको छ जसको ज्वलन्त अर्काे प्रमाण हो अन्तर्रर्ााट्रय ज्योतिष मासिक ूइअअगति क्ष्लमष्बू जो जगदीश कुमारको प्रमुख सम्पादनमा भारतको राजधानी न्यू दिल्लीको ओखला फेज-३ सी-६६ बाट नियमित प्रकाशित हुँदै आइरहेको छ । प्रत्येक ज्योतिषीय लेख रचना ज्यादै स्तरीय देखिने यो पत्रिका अंग्रेजी भाषाको ज्ञाता प्रत्येक ज्योतिष पत्रकारलाई संग्रहणीय देखिन्छ ।
भारतको राजस्थान प्रदेशको जयपुर जसलाई गुलाबी शहरको रुपमा विश्वभरि चिनिन्छ त्यसै ठाउँको बरुणपथ मान सरोवरबाट प्रधान सम्पादक अवनीश पाण्डेय, सहायक सम्पादिका राजरानी पाण्डेयको सम्पादनमा नियमित रुपमा प्रकाशित हुँदै आइरहेको "ज्योतिष सागर" -मासिक) एघार वर्षपूरा गरी बाह्रौं वर्षा चलिरहेको छ । द इन्डियन इन्स्िटच्यूट अफ वेदिक साइन्स जस्तो ज्योतिषको संस्था खोलेर ज्योतिष विज्ञानमा डिप्लोमा, उच्चतर डिप्लोमा, स्नातक डिप्लोमाको ज्योतिष शैक्षिक कार्यक्रम संचालन समेत गरी रहेको ज्योतिष सागर -मासिक) ले आफ्नो वेवसाइट धधध।ष्ष्खकअ।यचन स्थापना गरिसकेको छ । जस्तो नाम त्यस्तै खुराक दिन सफल राजस्थानकोमात्र होइन समस्त भारतीय ज्योतिष मासिक पत्रिका मध्येकै उत्कृष्ट मध्ये एक रहेको पाइन्छ । यस पत्रिकाको नितान्त खल्लो लाग्ने पक्ष हो- ज्योतिष विषयक समसामयिक समाचारको पर्ूण्ा अभाव । यदि यस पत्रिकामा ज्योतिष जगतमा भए गरेका राजस्थान तथा भारतका जुनसुकै प्रदेशका ज्योतिषीय समाचार समेट्न सकेमा सुनमा सुगन्ध हुन सक्ने पाठक प्रतिक्रिया पाइएको छ । भारतका प्रत्येक ठूला शहर तथा २९ वटै राज्यमध्ये ज्योतिषीय पक्षको जोडदार प्रतिनिधित्व नभएको कमै होला । भारतको आर्थिक राजधानी मुर्म्बई पनि ज्योतिष शिक्षाको विकासमा समान रुपमा लागेको पाइन्छ । यहाँ स्थित भारतीय विद्याभवन जस्ता संस्थाले एकातर्फज्योतिष उपाधिमूलक पाठ््यक्रम पर्ढाई ज्योतिष शिक्षाको श्री वृद्धि गरी रहेका छन् भने अर्काेतर्फराजेन्द्र धमीजा जस्ता सक्रिय ज्योतिष पत्रकारको सम्पादनमा नियमित प्रकाशित "सौभाग्य द्वीप" -ज्योतिष हिन्दी मासिक) पत्रिकाले ज्योतिष शिक्षालाई पत्रकारिताको माध्यमबाट अगाडि बढाइरहेको छ । पर्ूर्वी मुर्म्बई-१४ दादर रोडबाट नियमित प्रकाशित "सौभाग्य द्वीप" ले भारतको राजधानी नई दिल्लीको सेन्ट्रल मार्केट लाजपत नगरमा समेत आफ्नो सर्म्पर्क कार्यालय स्थापना गरेको छ । मुर्म्बई प्रधान कार्यालय रहको "सौभाग्य द्वीप" -ज्योतिष मासिक) ले ज्योतिषलाई पत्रकारिताको माध्यमबाट विकास गराउँदै ज्योतिष शिक्षाको संस्थागत प्रचार प्रसारमा समेत त्यत्तिकै सक्रिय रही आएको पाइन्छ । यस सौभाग्य द्वीप ज्योतिष पत्रिकाले ज्योतिष पत्राचार माध्यमबाट ज्योतिष पारंगत, ज्योतिष महर्ष्र्ि, ज्योतिष चिकित्सा भूषण, हस्तरेखा विशारद, वास्तु महषिर्जस्ता उपाधि मूलक ज्योतिषीय कार्यक्रम संस्थागत तथा पत्राचार माध्यमबाट संचालित गर्दै आइरहेको छ । भारतको हरियाणा, नेपालको जनकपुर भारतकै महाराष्ट्र बेगु सराय, विहार, हरियाणाको फरिदावाद, महाराष्ट्रको नागपुर, उडीसाको सम्बलपुर, विहारको वैशाली, पंजावको लुधियाना, जम्मुको छन्नी हिम्मत, विहारको छपरा, महाराष्ट्रको अमरावतीमा समेत आफ्ना शाखा विस्तार गर्न सफल सौभाग्य द्वीप हालसम्म दर्ुलभ सामाग्री विशेषाङ्क, मन्त्र साधना विशेषाङ्क, अंक विद्या विशेषाङ्क, प्रश्नशास्त्र विशेषाङ्क, सन्तान विशेषाङ्क, गणपति विशेषाङ्क, दीपावली विशेषाङ्क, नववर्षविशेषाङ्क, हस्तरेखा विशेषाङ्क, आर्थिक समृद्धि विशेषाङ्क, मुहर्ूत विशेषाङ्क, फेंग र्सर्ुइ विशेषाङ्क, प्रेम विवाह विशेषाङ्क, रोग निवारण विशेषाङ्क, ज्योतिष योग विशेषाङ्क, शिक्षा प्राप्ति विशेषाङ्क, कष्ट दर्ुघटना विशेषाङ्क, तन्त्र साधना विशेषाङ्क, चमत्कारी फलादेश विशेषाङ्क, उपाय टोटका विशेषाङ्क, मानसिक रोग विशेषाङ्क, यन्त्र शक्ति विशेषाङ्क, मन्त्र शक्ति विशेषाङ्क, धनलक्ष्मी विशेषाङ्क, गोचर फलादेश विशेषाङ्क, ग्रहयोग विशेषाङ्क, उच्च शिक्षा विशेषाङ्क, आर्थिक समृद्धि विशेषाङ्क, सन्तानयोग विशेषाङ्क, दाम्पत्य योग विशेषाङ्क, कालर्सप योग विशेषाङ्क, शावरमन्त्र विशेषाङ्क, केमद्रुम योग विशेषाङ्क, दीप्ाावली विशेषाङ्क, मंगल दोष विशेषाङ्क, भूकम्प भविष्यवाणी विशेषाङ्क, विदेश यात्रा विशेषाङ्क, मारक योग विशेषाङ्क, आजीविका चयन विशेषाङ्क, वसन्त नवरात्र विशेषाङ्क, कृष्णमर्ूर्ति पद्धति विशेषाङ्क, रोग विशेषाङ्क, नागपाश विशेषाङ्क, पितृदोष विशेषाङ्क, गणपति विशेषाङ्क, नवरात्र महालक्ष्मी विशेषाङ्क, नवांश विशेषाङ्क, अंग लक्षण विशेषाङ्क, गोचर फल विशेषाङ्क, वास्तु समाधान विशेषाङ्क, प्रश्न विशेषाङ्क समेत दर्जनौ विशेषाङ्क रुपमा प्रकाशित सौभाग्य द्वीपले ज्योतिष वाङ्मयको क्षेत्रमा नितान्त महत्वपर्ूण्ा योगदान दिन सफल भएको छ । ज्योतिष पत्रकार राजेन्द्र धमिजाको जति प्रशंसा गरे पनि कमै हुन्छ । भारतीय ज्योतिष पत्रकारिताका भीष्म पितामह डा. बी.भी. रमनद्वारा सम्पादित भारतकै र्सवाधिक पुरानो अष्ट्रोलोजिकल म्यागजिन -अंग्रेजी ज्योतिष मासिक) पत्रिकादेखि आधुनिक समयसम्मको भारतीय ज्योतिष पत्रकारिताको इतिहासलाई मूल्यांकन विश्लेषण गर्दा यसलाई स्वणिर्म काल नै मान्नु र्
पर्दछ ।
भारतको राजधानी दिल्ली -९२ बाट मुद्रित शुक्राचार्य अस्ट्रोलोजिकल रिर्सच सेन्टर लक्ष्मीनगर, दिल्लीबाट डा. राजबहादुर धवनको प्रधान संपादकत्वमा नियमित प्रकाशित हुँदै आएको "आपका भविष्य" -ज्योतिष हिन्दी मासिक) सात वर्षूरा गरी आठौं वर्षा प्रवेश गरेको छ । जन्मदेखि मृत्यर्ुपर्यन्त मानव जातिको उन्नति प्रगतिको लागि जे जस्तो ज्ञानको आवश्यकता पर्दछ अधिकतम् समेट्ने प्रयास गरिएको "आपका भविष्य" -ज्योतिष मासिक) अन्य आधुनिक भारतीय ज्योतिष मासिक पत्रिकामध्ये उत्कृष्टमा पर्दछ भने ज्योतिष पत्राचार माध्यम तथा साधना च्यानल दूर्रदर्शनमार्फ ज्योतिषको विधिवत् अध्ययन अध्यापन गराउँदै लाखौं जन साधारणलाई ज्योतिषीय ज्ञान प्रदान गर्नमा डा. आर.डी. धवनको महानतम् योगदान रहेको छ । योग्यता साध्य होइन, साधन हो । साधन भन्दा महान् कर्म हो, जसले व्यक्तिलाई स्वतः योग्य, क्षमतावान रुपमा पुष्टि गरिदिन्छ भन्ने प्रमाण डा. आर.डी. धवन हुनुहुन्छ । भारतीय ज्योतिष पत्रकारितामा पुरुषको वर्चश्व रहेता पनि महिला ज्योतिष पत्रकार समेत त्यत्तिकै सशक्त रुपमा अगाडि बढी रहेको पाइन्छ । श्रीमती चन्द्रा मुख्य सम्पादक, प्रकाशक रही भारतको राजस्थान, अजमेर, गौतम नगरबाट नियमित प्रकाशित हुँदै आइरहेको ज्योतिष चक्रे -ज्योतिष मासिक) पत्रिका त्यसको ज्वलन्त उदाहरण हो । विगत छ वर्षेखि नियमित सम्पादित, प्रकाशित हुँदै आई रहेको ज्योतिष चक्रे अंग्रेजी एवं हिन्दी दुवै मिश्रति भाषामा ज्योतिषका विविध पक्षको ज्ञान संप्रेषण गर्न सक्षम रहेको पाइन्छ । ज्योतिष जगतका विविध ताजा समाचार कत्ति पनि समेट्न नसक्नु यस पत्रिकाको प्रमुख कमजोरी पक्ष देखिन्छ भने आफ्नो छ वर्ष कार्यकालमा कतै पनि शाखा नखोल्नु, संवाददाताको व्यवस्था नगर्नु पत्रिकाको संकुचित कार्य क्षेत्रको प्रमाण हो । यदि ज्योतिष तथा वास्तु सम्बन्धि योग प्रशिक्षण लगायतका कम्तिमा आध्यात्मिक जगतका ताजा समाचार समेट्न सकेमा यस पत्रिकाको आफ्नो छुट्टै पहिचान बन्न सक्ने देखिन्छ । भारतभरि छरिएर रहेका महिला ज्योतिष पत्रकारलाई मात्र समेट्ने प्रयास गरे पनि यस पत्रिकाको भविष्य उज्ज्वल रहने कुरामा दर्ुइ मत छैन । त्यस्तै भारत राजस्थान प्रदेशको नागौर शहरबाट वैद्य पं. नारायण शर्मा कौशिकको सम्पादनमा विगत एक्काइस वर्षेखि नियमित प्रकाशित हुँदै आइरहेको वेदांग ज्योति -ज्योतिष मासिक) पत्रिकाले पनि भारत तथा अन्य र्सार्क राष्ट्र नेपाल समेतमा राम्रो प्रभाव पार्न सक्षम रहेको छ । ज्योतिष सम्बन्धित गतिविधिका ताजा समाचार समेट्न सकेमा यो पत्रिका समेत अग्र पंक्तिमा आउन सक्ने सम्भावना देखिन्छ भने इमेल, इन्टरनेट, वेवसाइटजस्ता पक्षलाई अंगाल्न नसक्दा अन्य पत्रिकाको तुलनामा यो वेदांग ज्योतिष पछि परेको स्पष्ट अनुभव गर्न सकिन्छ । त्यस्तै वषर्ाै वर्षबाहिरी भित्री आवरण पत्रिकासँग आबद्ध व्यक्तित्वको मृत्युपछि समेत नाम यथावत जीवित अवस्था जस्तै गरी प्रकाशित भइरहनु पाठकबाट प्राप्त सुझावलाई स्थान नदिई आफ्नै एकल दृष्टिकोणको आधारमा पत्रिका प्रकाशित भई रहनु विभिन्न जिल्ला राज्यमा शाखा विस्तार गर्नु भन्दा राजस्थानको नागौरबाट केन्द्रित भई प्रकाशित भएता पनि संचार युगको जवानामा अत्याधुनिक संचार कै माध्यमलाई महत्व नदिँदा विविध ज्योतिषीय समाचार संकलनमा बाधा पुगेको पत्रिकाले पुष्टि गर्दछ । सम्पादक महोदय कौशिकजीले संचारका साधन फ्याक्स, इमेल, वेवसाइटको प्रयोग गरी अगाडि बढ्न सकेमा निश्चित रुपमा पत्रिकाको भविष्य ज्यादै उज्ज्वल रुपमा रहने कुरा दुइ मत छैन ।
भारतका पंजावीहरु जन्मजात नै आफ्नो पेशा, व्यवसाय, धर्मप्रति कर्मठ मानिन्छन् । पंजावी नपुगेको देश, प्रान्त विश्वमानै कुनै बाँकी छैन । र्सवत्र पंजावीहरु उत्कृष्ट मानिन्छन् प्रत्येक पेशा, व्यवसायमा । त्यसकारण र्सवत्र पंजावीको माग हुने गर्दछ । ज्योतिष शिक्षाको विकासमा पंजावीको पनि त्यत्तिकै महत्वपर्ूण्ा योगदान रहेको छ । भारतीय कर्मठ पंजावी ज्योतिष पत्रकार बलवन्त सिंहको मुख्य सम्पादन, ललन साह -ललित) को सम्पादन बलवन्त सिंहकै प्रकाशकत्वमा सन् २००७ मा पहिलो पटक प्रकाशित ज्योतिषचक्र -ज्योतिष मासिक) आफ्नो पाँचौं अंकको यात्रा पूरा गरी छैटौं अंकको तैयारीमा रहेको छ । प्रायः जुनसुकै मुलुकका उच्च शिक्षा प्राप्त वा प्राप्त गर्न चाहने, केही गरी देखाउन आँट गर्नेहरु राष्ट्रकै राजधानी ताक्ने गरे जस्तै मुख्य सम्पादक वलवन्त सिंहले पनि आपmनो पत्रिका कार्यालय नई दिल्लीको सेक्टर १२ द्वारकामा राखेका छन् । फलित चक्र, वास्तु दर्शन, हस्तरेखा, रत्न ज्योतिष, अंक ज्योतिष दाम्पत्य सुख, प्रश्न ज्योतिष, कर्मकाण्ड, मुहर्ूत विचार, कुण्डलीमा योग, ग्रह ज्ञान गंगा, योग साधना, धर्म सन्देश, स्वास्थ्य नै धन, आयर्ुवेद रत्न, मासिक राशिफल समेत विविध रोचक ज्योतिष सामाग्री समेटी पत्रिका प्रकाशन गदै आइरहेका पंजावी ज्योतिष पत्रकार बलवन्त सिंहको भविष्य अत्यन्तै तीव्र गतिमा अगाडि बढिरहेको अनुमान उहाँद्वारा सम्पादित ज्योतिष चक्रको समग्र पक्षलाई हर्ेदा गर्न सकिन्छ । पराशर ज्योतिष विज्ञान संस्थान खोलेर पत्राचारद्वारा ज्योतिष शिक्षा प्रदान गर्नु ज्योतिष चक्रको अर्काे महत्वपर्ूण्ा पक्ष रहेको छ । नियमित रुपमा ज्योतिष पत्रिका सम्पादन, प्रकाशन गरी यस शिक्षाको विकासमा महत्वपर्ूण्ा योगदान गर्ने भारतीय ज्योतिष पत्रकार बाहेक अन्य ज्योतिष सम्बन्धी गैह्र सरकारी संघ, संस्थाको पनि त्यत्तिकै योगदान रहेको प्रमाण हो ज्योतिष सदन अनुसन्धान केन्द्र रेलवे रोड गणेशपुर रुड्की हरिद्वार जो उत्तर प्रदेशमा पर्दछ । यस संस्थाका संस्थापक अध्यक्ष स्व. त्रिलोकीनाथ शर्मा पुत्र डा. यादवेन्द्रनाथ शर्माले प्रत्येक वर्षअन्तर्रर्ााट्रय ज्योतिष सम्मेलनको आयोजनाका साथसाथै ज्योतिष स्मारिका प्रकाशित गर्दै आइरहनु भएको छ । त्यस्तै भारत राजस्थान जोधपुर जसलाई र्सर्ूय नगरीको नामले पनि चिनिन्छ । त्यहाँ स्थापित शिव ज्योतिष शोध संस्थानले प्रत्येक वर्षदिसेम्बर २४, २५ बीच अन्तर्रर्ााट्रय ज्योतिष सम्मेलनको आयोजना गरी एक ज्योतिष स्मारिका समेत नियमित रुपमा प्रकाशित गर्दै आइरहेको छ । त्यस्तै भारतको पुरानो राजधानी कलकत्ताबाट विश्व ज्योतिष विद्यापीठका उपकुलपति डा. रामकृष्ण शास्त्रीले मासिक ज्योतिष पत्रिका अंग्रेजी तथा हिन्दीमा सम्पादन, प्रकाशन गर्दै आइरहनु भएको छ । कलकत्ता ज्योतिष पत्रकारिताको दृष्टिकोणले अत्यन्तै सम्पन्न भएता पनि त्यहाँका ज्योतिष पत्रिकाको भाषा बंगाली भएकै कारणले बंंगाली भाषीमा सीमित हुन पुगेको देखिन्छ । समग्रमा विश्व ज्योतिष विद्यापीठ तथा अस्ट्रोलोजिकल रिर्सच प्रोजेक्ट कलकत्ताले ज्योतिष पत्रकारिता पक्षबाट दिएको योगदान पनि आफ्ना ठाउँमा अमूल्य रहेको पाइन्छ । आधुनिक भारतीय ज्योतिष पत्रकारमा अरुण कुमार वंसलको स्थान अग्रपंक्तिमा रहेको छ । ज्योतिष पत्रकारिताको इतिहासमा उहाँको संगठन कुशलता, नियमितता, स्वदेश, विदेशमा अतुलनीय रहेको छ । अल इन्डिया फेडरेशन अफ अस्ट्रोलोजर्स सोसाइटीजको स्थापना गरी सोही संस्थाको अध्यक्ष रहनु भएका वंसल विगत एक दशक भन्दा ज्यादा समयदेखि च्भकभबचअज व्यगचलब यिा ब्कतचययिनथ -त्रैमासिक) अंग्रेजी पत्रिका नियमित सम्पादन प्रकाशन गर्दै आइरहनु भएको छ । विश्वकै ज्योतिष त्रैमासिक पत्रिका मध्येको उत्कृष्ट अनुसन्धानमा आधारित यस पत्रिकाले अंग्रेजी ज्योतिष जगतलाई ज्यादै उपयोगी खुराब पस्कन सफल भएको छ । अखिल भारतीय ज्योतिष महासंघ दिल्लीको मुखपत्रको रुपमा नियमित सम्पादित प्रकाशित च्भकभबचअज व्यगचलब यिा ब्कतचययिनथ ज्योतिष शिक्षाको माध्यमबाट सेवा गर्ने जो कुनै व्यक्तिको लागि सर्न्दर्भ ग्रन्थको रुपमा रहने किटान गर्न सकिन्छ । यो त्रैमासिक पत्रिका मूलतः समाचार मूलक नभई अनुसन्धान मूलक भएता पनि ज्योतिषका नयाँ ताजा समाचार समेट्न सकेमा यसले पर्ूण्ाता पाउने आशा गर्न सकिन्छ । त्यस्तै मुख्य सम्पादक अरुण कुमार वंसल रहनु भएको फ्युचर समाचार -हिन्दी ज्योतिष मासिक) भारतभरि मात्र होइन दक्षिण एशियाकै र्सवाेत्कृष्ट पत्रिकाको रुपमा विगत बाह्र वर्षेखि नियमित प्रकाशित हुँदै आइरहेको छ । प्रत्येक अंक आफैमा एक विशेषांक जस्तो यो फ्युचर समाचार -मासिक) ले लाखौं पाठकको चाहनालाई राम्रो परिपर्ूर्ति गर्न सक्षम पाइएको छ । ज्योतिष जगतमा भए गरेका ज्योतिषीय समाचार, सूचनालाई समेट्ने यो भारतकै पहिलो पत्रिका हो । ज्योतिष क्षेत्रमा कहाँ के भै रहेको छ पर्ूण्ा जानकारीको लागि प्रत्येक ज्योतिषी, ज्योतिष पत्रकार, ज्योतिष प्राध्यापक, पञ्चाङ्गकार ज्योतिष अनुसन्धाता जो कसैको लागि प्रत्येक महिनाको फ्युचर समाचार पढ्नु अनिवार्य आवश्यक छ । भारतको नयाँ दिल्ली हौजखास स्थित फ्युचर प्वाइन्टको प्रकाशन, अरुण कुमार वंसलको मुख्य सम्पादनमा प्रत्येक महिना भारत, नेपाल, भुटान बंगालादेश, पाकिस्तान, क्यानडा एवं अमेरिकाको बजारमा पुग्ने यस पत्रिकाले अखिल भारतीय ज्योतिष संस्थासँगका भारत, नेपाल, क्यानडा तथा अमेरिकासम्म फैलिएका शाखाका समस्त ज्योतिष पाठकलाई समेट्न सफल भएको देखिन्छ । ज्योतिष पत्रकारितामा भारतको स्थान विश्वमा नै अग्र पंक्तिमा हुँदाहुँदै पनि भारतीय ज्योतिष पत्रकार महासंघ, अखिल भारतीय ज्योतिष पत्रकार संघ, प्रत्येक प्रान्त, राज्यका आ-आफ्ना ज्योतिष पत्रकार संघको स्थापना नहुनु । जस्तो पंजाव ज्योतिष पत्रकार संघ, दिल्ली ज्योतिष पत्रकार संघ, राजस्थान ज्योतिष पत्रकार संघ, उत्तर प्रदेश ज्योतिष पत्रकार संघ, नेपाल-भारत ज्योतिष सम्पादक संघ, नेपाल-भारत ज्योतिष मैत्री संघ, अखिल भारतीय विश्वविद्यालय ज्योतिष संघ, अखिल भारतीय ज्योतिष छात्र संघजस्ता संस्थाको स्थ्ाापना गतिविधि संचालन गर्नु पर्ने आकश्यकता देखिन्छ भने भारतीय पञ्चाङ्ग निर्ण्ाायक समिति, अखिल भारतीय पञ्चाङ्गकार महासंघ प्रत्येक प्रान्तका पञ्चाङ्गकार संघ, नेपाल भारत पञ्चाङ्ग सम्पादक संघ नेपाल-भारत पञ्चाङ्गकार मैत्री संघ जस्ता संस्था खोलेर सरकारी निकायमा दर्ता गरी गैह्र सरकारी संस्थाको रुपमा अगाडि ल्याउनु पर्ने आवश्यकता टड्कारो देखिन्छ । त्यस्तै भारतभरि छरिएर रहेका नेपाली भाषी ज्योतिषी पञ्चाङ्गकारले समेत यस प्रकारका संस्थालाई स्थापना गरी अगाडि बढ्नु आवश्यक छ ।
भारतीय करीब बीस एक्काईस विश्व विद्यालयमा ज्योतिष बी.ए., एम.ए., एम.फिल. पी.एच.डी. को प्राध्यापन भई रहेको छ । प्रत्येक वर्षकुन विश्वविद्यालयमा कुन तहमा कति ज्योतिषका विद्यार्थीले प्रवेश प्राप्त गरे, परीक्षा उत्तर्ीण्ा कति जनाले गरे, सम्बन्धित कक्षामा प्रवेशको सूचना, प्रवेशको अन्तिम म्याद कहिलेसम्म छ - कुन विश्वविद्यालयमा ज्योतिषको पढाइ के कस्तो अवस्थामा भइरहेको छ - उत्कृष्ट परीक्षा परिणाम ल्याउनेमा कुन विश्वविद्यालय छन् - ज्योतिष उपाधि मूलक ड्रि्रीमा प्रवेश गर्दा छात्र-छात्राले प्राप्त गर्ने छात्रवृत्ति कोटा जस्ता विषयमा जानकारीमूलक सामाग्रीका साथै ज्योतिष बी.ए., एम.ए. एम.फील, पी.एच.डी. मा र्सवाेत्कृष्ट परीक्षा परिणाम ल्याउने छात्रछात्राको ज्योतिष भेटवार्ता, ज्योतिष प्राध्यापकको जीवनी व्यक्तित्व चिनारी, ज्योतिषमा अध्ययनरत छात्रछात्राको प्रतिशत बारेका खोजमूलक समाचार भारतबाट प्रकाशित कुनै पनि पत्रिकाबाट आइरहेको छैन, जसलाई समाजमा ल्याउनु जरुरी छ । विश्व-विद्यालयबाट ज्योतिष उपाधि प्राप्त कर्ता छात्रछात्रा कुन क्षेत्रमा संलग्न छन् - तिनको सामाजिक हैसियत कस्तो छ - के ज्योतिष शिक्षाले स्वरोजगार प्रदान गरेको छ - जस्ता अत्यन्तै महत्वपर्ूण्ा गतिविधिले ज्योतिष पत्रपत्रिकामा स्थान प्राप्त गर्न सक्नर्ुपर्दछ । भारतका प्रत्येक विश्वविद्यालय जहाँ ज्योतिषको पढाइ भइरहेको छ ती ज्योतिषका अध्ययनरत छात्रछात्राले ज्योतिष स्मारिका प्रकाशन गर्नु अति नै आवश्यक छ । एक्काइसौं शताब्दी विशिष्टिकरणको हो । त्यसकारण शिक्षाको प्रत्येक विधामा संलग्न व्यक्तिले आ आफ्नो क्षेत्रमा भए गरेका शैक्षिक आविष्कार, समाचार, घटना र्सार्वजनिक गर्ने परिपाटीले सम्बन्धित शैक्षिक विधाको तीव्र उन्नति गर्न उत्प्रेरकको रुपमा उपयोगी हुन्छ । अपेक्षा गरौं भारतीय ज्योतिष पत्रकार डाइरेक्ट्री प्रकाशनको । नेपालको काठमाडौं स्थित भारतीय राजदूतावासले जहाँ शिक्षाको विकासमा करोडौं लगानी सहयोग गरी रहेको छ, त्यहाँ ज्योतिष शिक्षामा समेत लगानी गर्नु दुवै देशको लागि अत्यन्तै सकारात्मक परिणाम दिने हुन्छ । अस्तु