|
सम्पादकिय |
|
Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/show_news.php on line 41 Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54 Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54 भारत सरकारले ज्योतिषमा लगानी नगर्ने
ज्योतिष शिक्षाको जननी मानिने भारतले नेपालको ज्योतिष सम्बन्धी संघ, संस्थालाई शैक्षिक सहयोग गर्न अर्समर्थ जनाएको छ । हाल भारतको मैसूर विश्वविद्यालय, वनारस हिन्दू विश्वविद्यालय, वाराणसी, जीवाजी विश्वविद्यालय ग्वालियर मध्यप्रदेश, लखनउ विश्वविद्यालय, लखनउ, राँची विश्वविद्यालय राँची, राष्ट्रिय संस्कृत विद्यापीठ, तिरुपति, सम्पूर्णआनन्द संस्कृत विश्वविद्यालय वाराणसी, सन्मुघा आर्टस्, साइन्स टेक्नोलोजी एण्ड रिर्सच अकादमी तमिलनाडु, श्री जगन्नाथ संस्कृत विश्वविद्यालय, श्रीविहार पुरी, उडिसा, श्री लालबहादुर शास्त्री, राष्ट्रिय संस्कृत विद्यापीठ, नयाँ दिल्ली विक्रम विश्वविद्यालय उज्जैन, डा. भीमराव अम्वेडकर विश्वविद्यालय आगरा, चौधरी चरणसिंह विश्वविद्यालय, मेरठ लगायत करीब एक्काइसवटा विश्वविद्यालयमा ज्योतिष बी.ए. देखि पी.एच.डी. -ज्योतिष) सम्मको अध्ययन अध्यापन भइरहेको छ । भारतीय जनता पार्टीले सकारको पाला मानव संसाधन मन्त्री डा. मुरलीमनोहर जोशीद्वारा लागू गराइएको विश्वविद्यालय स्तरीय ज्योतिष उपाधि मूलक शिक्षाको अत्यन्त गरिमा उँचो हुन पुगेको सन्देश विश्वभरि फैलिएको थियो । वेदको नेत्रको रुपमा रहेको ज्योतिष शिक्षालाई पढे पापलाग्छ भन्ने क्रिश्चियन धर्मावलम्बी वेलायतको लन्डनमा ज्योतिष पढ्न पाउँदा गर्व गरिरहेका छन् । दशौं हजार ज्योतिषी कार्यरत लन्डन तथा न्यूयाेक शहर ज्योतिषमा वृहत्तर लगानी गरिरहेका छन् । जो व्यक्ति, समाज, राष्ट्र नास्तिक, ज्योतिष शिक्षा विरोधी मानिन्थ्यो ऊ आज ज्योतिष शिक्षाको प्रचार प्रसारमा लागि रहेको छ । तर विश्वको ज्योतिष शिक्षाको जननी राष्ट्र भारतको वर्तमान सरकारले ज्योतिष शिक्षाको विकासमा लगानी गर्न कत्ति पनि नसकिने जनाउनु नितान्त आर्श्चर्यपुर्ण् मानिएको छ । नेपाली भाषामा प्रकाशित ज्योतिष भविष्यवाणी -साप्ताहिक) इन्टरनेटबाट पढ्ने राष्ट्रमा अमेरिका, नेपाल, कतार, यू.के., हङ्कङ्पछि भारतको स्थान छैटौ रहेको छ भने नास्तिक मानिने कम्युनिष्ट देश चाइना सातौं युनाइटेड अरब इमिरेट्स, कोरिया, जापान क्रमशः दश राष्ट्र ज्योतिष पत्रिका पढ्ने पाठक राष्ट्रमा परेका छन् । त्यस्तै ज्योतिष भविष्यवाणी -अगं्रेजी संस्करण) पढ्ने राष्ट्रमा अमेरिका -प्रथम) यू.के. द्वितीय, भारत (विश्वमा नै तृतीय) नेपाल चौथा, चाइना पाँचौ, हङ्कङ छैटौ, कोरिया सातौ कतार आठौं बेल्जियम नवौं जापान दशौं स्थानमा रहेका छन् । पछिल्लो दिसेम्बर ८, २००७ को www.jbweekly.com.np श्रोत अनुसार ज्योतिष भविष्यवाणी पत्रिका पढ्नेमा तेस्रो स्थानमा रहेको भारतले ज्योतिष शिक्षाको विकासमा लगानी गर्न इच्छुक नदेखिनुले भारतीय ज्योतिष शैक्षिक परम्परालाई नराम्रो प्रभाव पर्ने निश्चित छ । नेपालका हजारौं छात्र भारतमा संस्कृत शिक्षा प्राप्त गरिरहेका छन् । नेपाल-भारतको धर्म, संस्कृति समान रहेको कारणले आफ्नो देशको शिक्षा, संस्कृतिलाई बल पुग्ने कार्यमा भारतपछि हट्नु हुँदैन । कुनै पनि नेपाली भारतीय तर्ीथाटन नगरी आफ्नो जीवन र्सार्थक ठान्दैन । कुनै पनि भारतीय नेपालको मुक्तिनाथ पशुपतिनाथको दर्शन विना आफूलाई भाग्यमानी ठान्न सक्दैन । नेपाल-भारतका खानपिन देखि लिएर सयौं मानवीय आचरण व्यवहार मिल्दछन् । ज्योतिष सम्पर्ूण्ा धर्मको निर्देशक हो । यसको उत्पत्ति वेदबाट भएको छ । यो कुनै पार्टीराजनीति सम्प्रदाय, वर्ग सँग गाँसिएको शिक्षा पनि होइन । र्सवाधिक जनतालाई अति आवश्यक शिक्षा हो । जब भारतले नेपालको सडक, खानेपानी, यातायात, तथा अन्य आधुनिक शिक्षादेखि शैक्षिक क्षेत्रमा हतियार एवं तालिमको व्यवस्थामा समेत करोडौ करोड खर्च गर्न सक्दछ भने ज्योतिष शिक्षाको विकासमा खर्च गर्न नसक्ने भन्ने कुरै आउँदैन । अन्य देशका राजदूतावासको सहयोग सिधै सरकारी निकायलाई मात्र हुने, आम जनतामाझ छारो पनि नपुग्ने परम्परालाई तोड्दै भारतीय सरकार आफ्नो नेपाल स्थित दूतावास मार्फ व्यापक सहयोग गरिरहेको छ । प्रा.वि. मा.वि. देखि क्याम्पससम्म करोडौको रकम लगानी गर्ने भारतीय सरकारले शिक्षामध्येको एक प्रकारको शिक्षा ज्योतिषमा लगानी गर्दा लगानी कर्ताको रकम ठीक ठाउँमा लाग्ने र गरिएको लगानीको सही फाइदा आम नेपाली जनताले पाउने हुँदा भारतीय दूतावास काठमाडौंले आफ्ना भारत स्थित विश्वविद्यालयमा ज्योतिष पढ्न चाहने नेपाली ज्योतिषका छात्रछात्रालाई न्यूनतम कोटा छुट्याई सहयोग गर्ने, नेपाल अधिराज्यमा नै ज्योतिष शिक्षाको नाममा खुलेको पोखरा ज्योतिष महाविद्यालयलाई शैक्षिक सहयोग गर्नु इतिहासमै पहिलो रिकर्ड हुनेछ, ज्योतिष शिक्षाको फाँटमा । जब कानुन, मेडिकल, इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङतर्फभारतीय दूतावास प्रतिवर्षलगानी गर्न सक्दछ भने ज्योतिष शिक्षाको लागि दुइ चार सिट छुट्याउन नसक्ने भन्ने होइन तर पर्ूव भारतीय जनता पार्टीले सरकारका मन्त्रीले शुरु गरेको ज्योतिष शिक्षामा लगानी किन गर्ने - भन्ने वर्तमान भारतीय सरकारको सोच हो भने ज्योतिष शिक्षा, ज्योतिष जगतबाट बढाउन सकिने सद्भावको विषयमा सरकारी निकाय स्वतः पछि पर्ने निश्चित छ । पोखरा ज्योतिष महाविद्यालय स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा ज्योतिष शिक्षामा लगानी कर्ताको खोजीमा छ । विश्वको ज्योतिष शुभेच्छुक व्यक्ति, संघ, संस्था सरकार सबैलाई समेट्दै पोखरा ज्योतिष महाविद्यालयलाई केन्द्रीय विद्यापीठको स्थानमा राखी वैदिक ज्योतिष विज्ञान विश्वविद्यालय स्थापना गरी राष्ट्रव्यापी विश्वव्यापी ज्योतिष प्रचार प्रसारका साथ ज्योतिष स्वरोजगार सृजना गर्नु हाम्रो अन्तिम उद्देश्य हो । हाम्रो यो अभियानमा हाम्रा ज्योतिष भविष्यवाणी -साप्ताहिक) का पाठक राष्ट्र अमेरिका, यू.के., इन्डिया, नेपाल, चाइना, हङ्कङ्, कोरिया, कतार, बेल्जियम तथा जापानले कम ज्यादा नैतिक दृष्टिकोणले पनि सहयोगी हात मिलाउनै पर्छ । अपेक्षा गरौं काठमाडौं स्थित मित्रराष्ट्र दूतावासबाट ज्योतिष शिक्षाको विकासबारे अवश्य पनि नयाँ सोच पुनर्विचार हुनेछ ।
मनोकामना देवी धन्य छ्यौ !
ने पाल अधिराज्यमा नै सिद्धि शक्तिदाता मनको कामना पूरा गरि दिने हुँदा
गोरखा जिल्लास्थीत भगवती दे वीलाई "मनो कामना" "मनो कामना" भनिँदै आएको र
हे छ ।
ज्योतिष पत्रकारिताको भविष्य उज्ज्वल
काठको फलिकोमा माटोको धुलो राखेर गणना गरिने परम्परा रहेको धुलौटे ज्योतिष
शिक्षा आज डेस्कटप हुँदै ल्यापटपमा आइपुगेको छ । जन्म-कुण्डली बनाउने ,
हस्तरेखा हेर्ने , प्रश्नको आधारमा हेराउने व्यक्तिको जिज्ञासा मेट्ने
विभिन्न व्यवहारिक कामको लागि मुहरू्त हेर्ने हेराउने ज्योतिष शिक्षाका
पाठक श्रोता सेवाग्राही ज्योतिष
|

